यदि तपाईलाई दाद भएको छ ? यि सावधानी अपनाउनुस्

“अनुहार सुन्दर तर त्यहिमाथि निस्केको फुस्रो दादले हाम्रो अनुहारका सौन्दर्यता नै बिगारी दिन्छ । सुन्दर अनुहार प्रति सबै जना आकर्षित हुन्छन् । यदी हाम्रो अनुहारको सुन्दरतामा कमी भयो भने हामीलाई धेरै तनाव हुने गर्दछ । आफ्नो अनुहार कुरुप भएको कसैलाई नि मन पर्दैन् । जो पनि आफु सुन्दर भएको हेर्न चाहन्छ । हाम्रो अनुहारको सुन्दरताले नि हाम्रो छुट्टै व्यक्तित्व बनाउँछ । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दाद । यसले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ । केहि यस्ता टिप्स हरु तल दिएका छन् । जसले दादको समस्याबाट छुटकारा दिन मदत गर्छ ।
– दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ ।
– नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।
– चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।
– जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।
– बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।
– आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।
– चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्ने”








