‘देशमा बेरोजगार बढ्दो छ, ओलीले भन्दैमा समृद्धि आउँछ ?’

“
काठमाडौँ, भदौ २० । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेपाल कम्युनिष्ट पार्टी तथा तत्कालीन सरकारले समाजवादको भ्रम सिर्जना गरेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघको विशेष भेलामा सम्बोधन गर्दै उनले धनी गरिबबीचको खाडल बढेको समयमा कम्युनिष्टले समाजवादको भ्रम सिर्जना गरेको बताएका हुन् ।
‘धनी गरिबबीचको खाडल बढेको छ। यस्तोमा समानताको नाम नै छैन। तर पनि आफूलाई कम्युनिस्ट भन्नेहरुको सरकारले समाजवादको भ्रम छर्दैछ‘, उनले भने, ‘भन्न त कांग्रेसले पनि समाजवाद भन्छ नी। तर बेरोजगारी बढ्दैछ। समाजवाद यस्तो हुन्छ ?’
साथै उनले प्रधानमन्त्रीको ओलीको समृद्ध नेपाल सुखी नेपालीको नाराप्रति टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीले भाषण गर्दैमा समृद्ध नेपाल र सुखी नेपाली को नारा साक्षात हुँदैन,’ ‘नेपाल जलस्रोतको दोस्रो धनी देश जलस्रोतको सदुपयोग छैन नदीनाला अरुलाई बेच्ने। जडिबुटीको सदुपयोग छैन। अनि कसरी हुन्छ समृद्धि र सुखी नेपाली ?
देशको सीमा दिनदिनै मिचिएको भन्दै उनले सरकारले यस विषयमा सरकार मौन बसेको उल्लेख गर्दै वैद्यले आक्रोश पोखे।
“








