अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरे

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ २० । संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेलाई सिफारिस गरेको छ ।
हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा सिफारिस गरेको हो । संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि उनी राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।
यसअघि घिमिरेलार्ई गत माघ २९ मा कार्यबहाक प्रमुख आयुक्त तोकिएको थियो।
संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गर्ने व्यवस्था रहेको छ। घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित