धनुषामा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु


“
काठमाडौँ, भदौ २० । धनुषामा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने अझै हुन सकेको छैन ।
जनकपुरधाम धनुषामा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार बिहानपश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापनीले नियन्त्रणमा लिएको छ ।
“
