नेपालमा NGO/ INGO को इतिहास र अहिले को अवस्था


“
केही समय यता कर्णाली प्रदेश का मुख्यमन्त्री मिडियामा चर्चाको शिखरमा आए, कारण थियो कर्णाली प्रदेश मा भएका NGO/INGO लाई खारेज गर्ने । यो खबरले कतिलाई जरा देखिनै हल्लायो भने कतिलाई खुशी पनि बनायो ।
जरा हल्लिनेहरु ती थिए, जसले NGOINGO चलाएर बसेका थिए , जसले NGOINGO बाट कमिसन लिएर आफुलाई सम्पन्न बनाउँदै आएका थिए । केही यस्ता पनि थिए, जो यस्ता NGOINGO मा काम गरेर रोजगार भइरहेका थिए । खुशी हुनेहरु चाहिँ INGONGO को वास्तविकता बुझेकाहरु थिए । नेपालमा NGOINGO को इतिहास त्यति लामो छैन ।
नेपालमा NGO INGO को विकासक्रम :
नेपाल मा आधिकारिक रुपमा NGO INGO १९९० AD को दशकदेखि सुरु भएको देखिन्छ । यदि यसलाई NGO / INGO भनेर हेर्दा १९५० मा NGO र १९९० मा INGO आएको देखिन्छ। यसरी हेर्दा USAID लगायतका INGO हरु १९५१ तिर सञ्चालनमा आएको देखिन्छ।
१९५० मा २२० NGO सञ्चालन भए नेपालमा त्यसको ४० वर्षपछि पञ्चायती व्यवस्थाको सुरुवातसँगै १९९० मा NGO सञ्चालन भएको अभिलेख पाइन्छ । यसरी हेर्दा पञ्चायती व्यवस्थापछि नेपालमा NGO र INGO फस्टाउने राम्रो वातावरण मिलेको देखिन्छ। social welfare council Nepal लाई आधार मान्ने हो भने १९७७ देखि २०१४ सम्म विभिन्न क्षेत्रका लागि भनी ३९७५९ NGO र १८९ INGO कार्यरत छन् । INGO का लागि विभिन्न २६ देश का INGO कार्यरत छन्, जसमध्ये US का ५३, UK का २९ र germany का १२ छन् । यस्ता NGO र INGO हरुले गरिब, अशिक्षित , दविएका वर्ग, विकट भौगोलिक क्षेत्र, बालबालिका, महिला हिंसाविरुद्ध, स्वास्थ क्षेत्र, ग्रामीण विकास गरी विभिन्न क्षेत्रमा कार्यरत छन् ।
नेपालमा NGO र INGO को कार्यक्षेत्र :
नेपालमा यस्ता संस्थाहरु गरिब, दविएका समूह र भौगोलिक रुपले विकट क्षेत्रमा तथा अल्प संख्यक समुदायमा कार्यरत छन् । ग्रामीण विकास, महिला तथा बालबालिका, खानेपानी, सडक, कृषि, शिक्षा, स्वास्थ, क्षेत्रमा कार्यरत छन् । यसरी हेर्दा यस्ता संस्था गाउँ र ग्रामीण क्षेत्रमा बढी देखिन्छन् ।
यस्ता संस्थाको नारा र कार्यक्षेत्रहरु सुदुरपश्चिमका पहाडी जिल्ला, कर्णाली अञ्चल, अविकसित गाउँ र माझी, राउटे, चेपाङ, मुशहर, थारु, जनजाती, दलित तथा महिला हिंसाविरुद्ध, महिला शसशक्तिकरण, पोषणका क्षेत्रमा क्रियाशिल देखिन्छन् ।
कर्णाली अञ्चलको कुरा गर्दा विभिन्न बहानामा गरि धेरै संस्था क्रियाशिल छन् । आधिकारिक तथ्यांक नभए पनि कर्णाली अञ्चलमा मात्र करिब २०० भन्दा बढी NGO र करिब ३० भन्दा बढी INGO कार्यरत छन् जसमा करिब २०००० भन्दा बढी कर्मचारी रोजगारीमा छन् । यसरी हेर्दा NGO र INGO का कारण बेरोजगार युवाले रोजगार पाएको देख्न सकिन्छ । गाउँका महिलाहरु शिक्षित र उद्यमशिल भएको देख्न सकिन्छ।
गाउँमा विकास भएको देख्न सकिएला तर हामीले यो कहिले बुझ्ने कि यो सबै चुरिफुरी सबै अरुको सहयोगमा हो भन्ने । यसरी हेर्दा कर्णालीमा स्वास्थ्य क्षेत्रमा काम गर्ने धेरै INGONGO भएपनि कुपोषण समस्या विकराल हुनुको कारण के ? महिला हिंसाविरुद्ध काम गर्ने यति धेरै संस्था हुँदा नि त्यो समस्या जिउँको तिउँ हुनुको कारण के ? बालबालिकाको क्षेत्रमा काम गर्ने यतिका संस्था हुँदा पनि सडक बालबालिका र बालश्रम मुक्त अझै नहुनु को कारण के ?
मानव अधिकारका क्षेत्रमा काम गर्ने यस्ता मानव अधिकारकर्मीहरुले सबै समाज, समुदाय, भाषा र धर्मका मानिसलाई समेट्न सकेको छ कि छैन ? राजनीतिमा प्रत्येक सरोकार राख्ने विषय जस्तै माओवादी मौलाउनुको कारण, धर्म निरपेक्षता हुनुको कारण, जातिय आधारमा आरक्षणको बहस, एक मधेश एक प्रदेशको माग, संघीयता र त्यसको सिमाङ्कनमा आएो टकराब यी र यस्ता सयौँ कुराहरु यस्तै NGO INGO कारण आएका हुन् भन्ने कुरा कहिले बुझ्ने ।
२००७ सालदेखि २०६१६२ को आन्दोलन र परिवर्तनले भत्काउन नसकेका शुदुरपश्चिममा छाउगोठ अहिले भत्कुनु एक–एक सफल र उदाहरणीय काम हो तर ती भत्किएका छाउगोठ पछाडी बन्दै गरेका चर्चाको बारे लेखा जोखा गर्ने कि नगर्ने ? विनाशकारी भुकम्प सहयोगका लागि आएका संस्थाहरुले पालभित्र बाइबल लुकाएर ल्याए भन्ने खबर विभिन्न सञ्चार माध्यमले बोलेको कुरा हामी सबैलाई अवगत नै छ ।
सेवा भाव ले आएका भए बाइबल किन ? भुकम्पपीडित अवस्था जस्ताको तस्तै किन ? यस्ता कार्यका लागी अरबौँ रकम खर्च हुँदा पनि समस्या जिउँको तिउँ हुँदा संस्था सञ्चालकहरु रातारात सुकिला मुकिला भए किन ? यस्ता कयौँ प्रश्न छन् अब यस्ता प्रश्न सोच्ने बेला आएको छ । विनाश्वार्थ कसैले सहयोग गर्दैन, सहयोग गर्नुका पछाडि विभिन्न एजेण्डा र स्वार्थ हुन्छन् भन्ने भुल्नु हुँदैन ।
चितवन का चेपाङ बस्तीमा सहयोग गरि धर्म परिवर्तनका कुरा होस् या गोर्खाका उत्तरी भेग गणेश हिमाल फेदिमा कृश्चियन बनाउने षड्यन्त्रका कुरा होस्, या दैलेखका राउटेलार्इ पृथ्वीनारायण शाह काल्पनिक पात्र र जिशस सत्य भएको कुरा गरि नेपाल को सनातन धर्ममा प्रहार गरेको कुरा होस् । मिलेर बसेका नेपालीमा जातिय एजेण्डा पेलेर ब्राह्मण आफ्नो मात्र जनजाति तथा अरु समुदाय र सँस्कृतिका मान्छेले आफ्नो बारेमा मात्र सोच्ने आउनुका पछाडी यिनिहरु कै हात छ । यी सबै कार्य यस्तै संस्थाका मतियारबाट भएका हुन् ।
केही समयअघि बेलायती एक चर्चित पत्रीका द गर्जियन ले लेखेको को समाचारलाई आधार मान्ने हो भने नेपालका करिब दस लाख जनताले आफुलाइ कृश्चियन बताउँछन्, जसमा करिब ६५५ दलित छन् । अब हेर्नुस् अद्भूत कुरा यस्ता दलित समुदायमा काम गर्ने करिब ९५५ संस्था NGO र INGO हुन् ।
यसरी हेर्दा यस्ता संस्थाले सेवा र रोजगारीको प्रलोभन देखाइ आफ्ना एजेण्डा पास गर्ने माध्यम बनेको देखिन्छ । हामी नेपालीलाई अरुको भरमा बाँच्ने बनाइ अर्थात् परनिर्भर बनाइ हाम्रो भाषा, धर्म, सँस्कृति, भेष भुषामा प्रहार गरि हामीमाथी नै राज गर्ने उद्देश्य प्रस्ट देख्न सकिन्छ ।
Devide and rule को सिद्धान्त लिएर आएका यी संस्थाहरुले हाम्रो स्रोत साधन र जाँगर खोसेर लिएको हामी हेर्न बाध्य बन्ने छौँ । सिङ्गापुर बनाउछु भनेर भाषण गर्ने नेताले सिङ्गापुरका तत्कालीन रास्ट्रपति ले NGO र INGO खारेज गरे जस्तै नेपाल बाट पनि NGO र INGO खारेज गर्नुपर्छ ।जसले गर्दा हामी नेपाली स्वतन्त्र भए बाँच्न सक्दछौँ । परनिर्भर भएर हैन पाखुरी बजाएर खाने वीर गोर्खालीका सन्तान हौँ हामीले यो भुल्नु हुँदैन ।
आशा छ, कर्णाली प्रदेशका मुख्यमन्त्रीले लिएको उद्देश्य पूरा होस् र कर्णाली प्रदेशका बासिन्दा गरिब र परनिर्भर छैनन् भन्ने प्रमाणित गर्न सकियोस् ।
“
