जापानमा २५ वर्षपछिकै ठूलो आँधी : ७ जनाको ज्यान गयाे,१० लाख मानिस प्रभावित

२०७४ जेठ १५ गते

“एजेन्सी –जापानमा २५ वर्षपछिकै ठूलो आँधी आएको छ । आँधीका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।
जेबी नाम दिइएको आँधी प्रतिघण्टा १ सय ७२ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षा सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो गएको छ । आँधीका कारण १० लाख मानिस प्रभावित भएको अनुमान छ ।
मौसमविद्ले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी भएको जनाएका छन् । जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित