आयल निगमको मासिक घाटा ६४ करोड


“काठमाडौं, भदौ २० । नेपाल आयल निगमको मासिक घाटा ६४ करोड रुपैयाँ पुगेको छ । नयाँ मूल्य सुची अनुसार निगमलाई १५ दिनमा ३१ अर्ब ५९ करोड घाटा हुन्छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा निगमको घाटा पनि चुलिएको हो ।
भारतीय आयल कर्पोरेशन ९आइओसी० ले गत भदौ १६ गते बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएकाले घाटा थपिएको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए । ‘अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति व्यारेल ७७ डलर पुगेको छ,’ उनले भने,‘नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्ने भारतमा दैनिक मूल्य परिवर्तन भइरहेकाले यसको असर निगम पनि परेको छ । ’
सबैभन्दा बढी ग्यासमा प्रतिसिलिन्डर ३३१.९१ रुपैयाँ घाटा रहेको पनि उनले बताए । ग्यासको मासिक घाटा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोलमा प्रतिलिटर १.११ रुपैयाँ घाटा छ । डिजेलमा प्रतिलिटर २।८४ रुपैयाँ घाटा छ ।
मट्टीतेल र हवाई इन्धनको नाफाले ग्यासको घाटा व्यवस्थापन गरिएको निगमले जनाएको छ । डिजेलमा प्रतिलिटर २।९० रुपैयाँ घाटा छ । पछिल्ला दिनमा नेपाली मुद्राको अवमुल्यनले पनि कारोबारमा नकारात्मक असर परेको छ ।
भारतले अन्तराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा डलरमा भुक्तानी गर्छ । भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदासमेत सीमा नाका रक्सौलमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६.७७ रुपैयाँ र डिजेल प्रतिलिटर २६.५० रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ ।
अहिलेको मौजुदा मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, प्रतिलिसिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०४.५० सय रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १.१२५ अमेरिकी डलर छ । आइओसीले नयाँ दर पठाए पनि निगमले यस पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको छ ।”
