नेपाल–चीन तेस्रो बैठक आजः पारवहन, यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रूप दिने

“काठमाडौं, भदौ २० । नेपाल–चीन पारवहन, यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रूप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्ने छन्  । ९ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्ने छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने छन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *