त्रिविकाे परीक्षामा चरम लापरवाहीः परीक्षा अगाडी नै प्रश्नपत्र विद्यार्थीकाे हातमा


“
काठमाडौं, भदौ १९। त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित प्रथम सेमिस्टरको वार्षिक परीक्षाको प्रश्नपत्र बाहिरिए पछि परीक्षा स्थगित भएको छ । परीक्षा हुन अगावै प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्तर्गत शैक्षिक मनोविज्ञान (Educational Psychology) को प्रश्नपत्र बाहिरिएको हो।
त्रिभुवन विश्वविद्यालयको चरम लार्पबाहीका कारण प्रश्नपत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन समेत गरेका छन् । त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलो खेलबाड गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले प्रश्नपत्र लिक गराउनेलार्इ कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।
यसैगरी त्रिभुवन बिश्वबिद्यालयको शिक्षा शास्त्र सङ्कायको प्रथम सेमिस्टर को बार्षिक परीक्षामा समेत प्रसस्त अनियमितता भेटिएको छ । १७ गते आइतबार देखि सञ्चालित परीक्षामा समस्या भेटिएको हो । १७ गते सञ्चालित Ed511 foundation of education को प्रश्नपत्र कुनै एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिए पछि विद्यार्थीहरूले विरोध गरेका छन् ।
आज १९ गते हुने शैक्षिक मनाेविज्ञानको प्रश्नपत्र परीक्षा अगावै बाहिरिए पछि त्रिभुवन बिश्वबिद्यालय शिक्षा शास्त्र सङ्काय डिनको कार्यलयले सुचना निकाल्दै अर्को सुचना नआए सम्म स्थगित गरेको छ ।
परीक्षा स्थगित भएपछि बिरोधमा उत्रिएका बिद्यार्थीले दोषिलाई कारबाही हुनु पर्ने माग गर्दै गरेका छन् ।उनीहरूले तत्काल परीक्षा सञ्चालन हुनुपर्ने माग गरेका छन् ।
आइतबारदेखि पहिलो सेमेस्टरको परीक्षा सुरु भएको थियो । आज हुने भनिएको शैक्षिक मनोविज्ञान प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयले बिहान ८ बजे नै परीक्षा स्थगित भएको सूचना जारी गरेको थियो ।
भोलि बुधबार विहान १० बजेसम्म डिन कार्यालयले आधिकारिक सूचना दिने भएको एक परिक्षार्थीले जानकारी दिए ।
“
