कर घटाउन कार्यदल गठन गरिने धरान,


“भाद्र १९ : धरान उपमहानगरपालिकाले अत्याधिक कर वृद्धि गरेको भन्दै ३ हप्तादेखि आन्दोनमा रहेको नेपाली कांग्रेस र कांग्रेस नेतृत्वमा गठन भएको सर्वदलीय सर्वपक्षीय संयुक्त संघर्ष समितिका प्रतिनिधि र उपमहानगरवीच कर घटाउने सहमति भएको छ ।
१० दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय कार्यदल गठन गर्ने र सोही बमोजिम कर घटाउने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले जानककारी दिएका छन् ।
वार्तामा नेपाली कांग्रेसका नगर सभापति तिलक राई, संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नगर अध्यक्ष सन्जुहाङ सांवा, नेकपा माओवादी(क्रान्तिकारी)का नेता पारस लिम्वु, राष्ट्रिय प्रजातन्त्र पाटीका नगर अध्यक्ष नविन पराजुली, मंगोल नेशनल अर्गानाइजेशनका नगर अध्यक्ष भिम राई, नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिवद्धय श्याम पोखरेल र युवराज शंकर तथा उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, कर अधिकृत खगेन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यदलमा आन्दोलनकारीको तर्फवाट नेपाली कांग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, नगर सचिव श्याम पोखरेल, संघीय लिम्वुवान राष्ट्रिय मञ्चका नगर अध्यक्ष सन्जुहाङ सांवा र प्रा.डा. अशोक झा तथा उपमहानगरपालिकाको तर्फवाट प्रवक्ता तथा २० नं. वडा अध्यक्ष मणिराम राई, १५ नं. वडा अध्यक्ष नरेश इवारम र १७ नं. वडा अध्यक्ष मनोज भट्टराई रहेका छन् । साथै आवश्यकतानुसार विज्ञलाई समावेश गराई राय लिने समेत सहमति भएको छ ।”
