वीरगञ्जमा फेला परिन् बानेश्वरबाट हराएकी १५ वर्षीया किशोरी

काठमाडौं, भदौ १९ । राजधानीको नयाँ बानेश्वरबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुली वीरगञ्जमा फेला परेकी छिन् । काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट हराएकी निक्की पराजुली २० दिनपछि भेटिएकी हुन् ।

गत साउन २८ गते हराएकी थिइन् । भ्याली भ्यू बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत निक्की घरबाट निस्केर नफर्केको भन्दै उनको परिवारले महानगरीय प्रहरी वृत्त गौशालालाई सूचना दिएको थियो ।

सोही सूचनाका आधारमा काठमाडौं प्रहरीले देशभर पत्राचार गरेर बालिकाको खोजी गरेको थियो ।

उनी वीरगञ्जबाट फेला परको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए ।

मंगलबार वीरगञ्जमा फेला परेकी पराजुलीलाई काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् । प्रहरीसँग सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । त्यहाँ उनी एक होस्टलमा बसेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *