कालीमाटी बजारः ‘रेड लिस्ट’ मा परेका ६ स्टलसँगको सम्झौता खारेज

काठमाडौँ, भदौ १९ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले रातो सूचिमा परेका ६ जना व्यवसायीलाई हटाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा परेका ९८ मध्ये ६ वटा स्टलको अनुमति खारेज गरेको हो । समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जना व्यवसायीलाई हटाउने निर्णय गरेको हो ।

कालीमाटीमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवसायी पुरुषेत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेतलाई हटाइएको हो ।

रातो सूचिमा परेका बाँकी ९२ जना व्यवसायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्सीय कार्यदल बनेको छ । कार्यदलले भदौ २३ गते प्रपिवेदन बुझाउनेछ र २४ गते बोर्ड बैठक बसेर उनीहरुको बारेमा निर्णय हुनेछ ।

कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवसायी, किसान र समितिका तर्फबाट एक एक जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =