प्रकाण्डलाई फेरी अर्को काण्डः विराटनगर विमानस्थल हुँदै भोजपुर लगियो

विराटनगर, भदौ १९ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई मंगलबार भोजपुर लगिएको छ ।

उनीविरुद्ध भोजपुरमा पनि मुद्दा रहेकाले मङ्गलबार काठमाडौंबाट श्री एयरलाइन्सको विमानमा विराटनगर विमानस्थल हुँदै भोजपुर लगिएको हो।

अदालतको आदेशपछि रिहा भएलगत्तै चौथौ पटक पक्राउ परेका प्रकाण्डलाई सोमबार बेलुकी रिहा भएलगत्तै पुन पक्राउ गरेर प्रहरीले विराटनगर विमानस्थलमा अवतरण गराएको थियो । उनलाई जिल्ला अदालत नुवाकोटको गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

चुनावका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधनराईलाई लक्षित गरी उनको गाडिमा बम पड्काएको आरोपमा पक्राउ गरी कानुनी कारबाहीको लागि जिल्ला अदालत भोजपुरमा हाजीर गराउन लगिएको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला अदालत भोजपुरमा प्रकाण्डका विरुद्ध तीन वटा मुद्दा दायर भएको छ। जसमा २ वटा विस्पोटक पदार्थ सम्बन्धि र १ वटा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता रहेको छ। उनी फरार प्रतिवादीको रुपमा रहेको जिल्ला अदालतको अभिलेखमा रहेको सूचना अधिकारी मणिराम पोखरेलले बताए। प्रकाण्डलाई प्रक्राउका लागि जिल्ला अदालत भोजपुरबाट वारेन्ट जारि भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *