लम्कीमा बलात्कार विरुद्ध हस्ताक्षर संकलन


“
कैलाली, भदौ १९ । कैलाली जिल्लाको लम्कीमा आज महिला हिंसा र बलात्कार विरुद्ध हस्ताक्षर संकलन गरिएको छ ।
देशमा बढ्दै गइरहेका महिला हिंसा र बालिका बलात्कार घटनाका विरुद्ध लम्कीचुहा नगरपालिका स्तरीय बाल सञ्जालको आयोजनामा हस्ताक्षर संकलन गरिएको हो ।
हस्ताक्षर संकलन कार्यक्रमलाई नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिती लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले शुभारम्भ गरेका थिए ।
हस्ताक्षर संकलन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन लम्की बहुमुखी क्याम्पस लम्कीका सभापति ललित जैशी, सामाजिक अभियन्ता जनक सुनार , नगर बाल संजाल लम्कीचुहा, विभिन्न बाल क्लबका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
बालिकाहरुमाथि बढदै गइरहेका हिंसा र बलात्कारका घटनालाई राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन र दोषीलाई कारबाही गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान थालिएको नगर बाल सञ्जाल लम्कीचुहाकी अध्यक्ष यसोदा देवकोटाले जानकारी दिइन् ।
“
