प्रधानमन्त्रीलाई प्रश्नः आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?


“
काठमाडौँ, भदौ १९ । मंगलबारको संसद बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिमस्टेकको बारेमा विविध प्रश्न गरेका छन् ।
बैठकमा नेपाली काँग्रेसका सांसदहरुले बिमस्टेकका बारेमा रिट्रिट नगरेको भन्दै विविन्न प्रश्न गरेका हुन् । काँग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भएपनि सैन्य अभ्यासको निर्णय कसरी आयो भन्ने प्रश्न गरेका छन् ।
‘सम्मेलन आर्थिक र प्राविधिक थियो । सैन्य अभ्यासको कुरा भयो’, उनले भने, ‘बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’
त्यस्तै काँग्रेस सांसद दव्यमणि राजभण्डाीले बिमस्टेकको कुनै एजेण्डा नै नभएको संयुक्त सैन्य अभ्यास बारेको निर्णयले नेपालीहरु सशंकित भएको बताए ।
त्यस्तै सांसद भरतकुमार शाहले गोकर्णमा रिट्रिट गर्ने भनेको बाटो बनाउन नसकेर क्यान्सिल हुनुबाटै सरकारको सामथ्र्य देखिएको भन्दै राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रम सोल्टीमा गरियो त्यहाँ सरकारको सामथ्र्य देखिएन र ? भन्ने व्यंग्य गरे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बारे जानकारी गराए । त्यस क्रममा उनले सम्मेलन सफल भएको समेत दावी गरे ।
“
