केरलामा मुसा आतंकः मुसाको टोकाइबाट ३४ को मृत्यु

भारत, भदौ १९ । भारतको केरलामा मुसा आतंक शुरु भएको छ । करेलामा मुसाको टोकाइबाट अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुसाले टोकाइबाट ‘लिप्टोसपिरोसिस’ रोग लागि मानिसहरुको मृत्यु भएको बताइएको छ।

गत अगष्टमा केरलामा गएको भिषण बाढीले ४ सयभन्दा बढीको ज्यान लिएको थियो। बाढीका कारण सर्पले पनि करेलावासीलाई निकै नै सताएको छ ।

बाढीले विभिन्न सहर तथा बस्ती डुबानमा परेपछि अन्नबाली कुहिएको, त्यहि कुहिएका खाद्यपदार्थका कारण यतिबेला केरलाका नागरिकहरु मुसाको आतंकबाट त्रसित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =