नेपाली कांग्रेसको तालाबन्दी स्थगित

धरान, भदौ १९ । नेपाली कांग्रेस धरानले करवृद्धि फिर्ताको माग राख्दै धरान उपमहानगरपालिकाको गेटमा गर्ने भनिएको तालाबन्दी कार्यक्रम स्थगित गरेको छ ।

गत भाद्र २ गतेदेखि आन्दोलनरत नेपाली कांग्रेसले नगरपालिकालाई कर वृद्धि सच्याउन १० दिने अल्टिमेटम दिएको थियो ।

सो १० दिने अल्टिमेटम १३ गते नै सकिए पनि कार्यवाहक मेयर मञ्जु भण्डारी कार्य व्यस्तताले गर्दा धरान बाहिर गएपछि कांग्रेसले थप आन्दोलनको कार्यक्रम गरेको थिएन ।

तर कार्यवाहक मेयर धरान आएपछि पनि आफना मागहरुमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेस आन्दोलित भएको हो ।

अव्यवहारिक र अवैज्ञानिक कर वृद्धि विरुद्ध भद्र आन्दोलन गरिरहेको र आजै नरपालिकामा ताल्चा लगाउने कार्यक्रम थियो तर नगरपलिकाले दिउँसो वार्तामा बोलाएपछि ताल्चा लगाउने कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका नगर सभापति तिलक राईले जानकारी दिए ।

उनले वार्ताबाट माग पुरा नभए थप आन्दोलनका कार्यक्रम अघि सार्ने जनाए ।

एता धरान उपमहानगरपालिकाले आन्दोलनरत नेपाली काँग्रेस र नगरपालिकाबीच अहिले छलफल चलिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *