एयरफोर्स मिग २७ विमान दुर्घटनाग्रस्त, पाइलट सुरक्षित

भारत, भदौ १९ । भारतको जोधपुरमा भारतीय वायुसेनाको एयरफोर्स मिग २७ लडाकू विमान दुर्घटनाग्रस्त भएको छ । टेकअफ गरेको १५ मिनेटपछि इन्जिनमा आगो लागेको हो । पाइलट भने सुरक्षित रहेका छन् ।

जोधपुरदेखि करीब बीस किलोमीटर पर जालेली फौजदरा गाउँ नजिकै मंगलबार बिहान ९ बजे एयरफोर्स को मिग २७ विमान दुर्घटनाग्रस्त भएको हो । पाइलट भने बाहिर निस्कन सफल भए । विमान खेतमा खसेको थियो । खस्नेबित्तिकै आगो लागेको हो ।

उक्त समयमा खेतमा कोही काम गर्दै थिएनन् ।

भारतीय मिडियाका अनुसार मिग २७ ले नियमित अभ्यासको लागि उडान भरेको थियो । टेकअफ गरेको करिब १५ मिनेटपछि पाइलटले कन्ट्रोल रुमको सूचना दिएका थिए । उनले विमानको इन्जिन मा आगो लाग्यो ।

त्यसपछि विमानको पायलले विमानलाई आवादी क्षेत्रबाट निकालेर खेततर्फ लगेका हुन् । जसले गर्दा ठूलो दुर्घटना भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =