३०० रुपैयाँमा विवाह, हात्तीको देखाउने दाँत जस्तो !

“
उत्तम सञ्जेलको ३०० रुपैयाँको बिहे हातीको देखाउने र लुकाउने दाँत जस्तो सावित भएको छ ।
शैक्षिक अभियान्ता उत्तम सञ्जेलले जम्माजम्मी ३०० रुपैयाँ खर्च गरेर विवाह गरेको फोटो सोमबार एकाएक भाईरल बन्यो । ४ घण्टा पनि टिक्न नपाउँदा नपाउँदै उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ दिएका थिए । तर त्यो बधाइ व्यर्थ साबित भयो ।
४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेल साँझ जग्गेमा भेटिए ।
पशुपति क्षेत्रको गुहेश्वरीमा ३०० रुपियाँको विवाह समारोहमा दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताएका थिए । सबै खुशी पनि थिए यो खबरले ।
विवाहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको उपस्थित रहेको थियो ।
तर, साँझपख बिहेको एउटा तस्वीर फेरी सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।
“








