गौरा हेर्न गएका दुई युवती बेहोस अवस्थामा फेला

कञ्चनपुर, भदौ १९ । कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् ।

कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् ।

दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।

बृद्धलाई कुटपिट

कृष्णपुर नगरपालिकामा एक वृद्धालाई कुटपिट गरिएको छ । कृष्णपुर–८ बिचुवाका ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया दुलारी रानालाई कुटपिट गरेका हुन् । इलाका प्रहरी कार्यालय कृष्णपुरले भट्टलाई नियन्त्रणमा लिइ आश्यक प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =