बाजेको सेकुवा पुनः सञ्चालनमा

“काठमाडौं, भदौ १९ । बाजेको सेकुवा पुनः सञ्चालनमा आएको छ। सुन तस्करीको लगानी रहेको आरोपमा दुई महिनादेखि बन्द बाजेको सेकुवाको सिल तोडेर सोमबारदेखि सञ्चालनमा आएको हो। भदौ १३ गते सर्वोच्च अदालतले सबै शाखाहरू तत्काल खोल्न अन्तरिम आदेश दिएपछि काठमाडौंका सबै शाखा पुनः सञ्चालनमा आएका हुन्।

बाजेको सेकुवामा गृह मन्त्रालयले लगाएको सिल तोडिएको हो। ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको अनुसन्धान समितिले बाजेको सेकुवामा सिल गरेको थियो। विगत दुई महिनादेखि बाजेको सेकुवा बन्द थियो।

बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सिल तोड्न सरकारका नाममा आदेश दिएको थियो।

चेतनलाई संगठित अपराध ऐनअन्तर्गत सुन तस्करीसँग जोडेर मुद्दा चलाइएको छ। सरकारले बाजेको सेकुवा ब्रान्डअन्तर्गत सामाखुसी, बत्तीसपुतली, कमलपोखरी, गैरीधारा, अनामनगर र स्रोहखुट्टेमा रहेका ६ वटा शाखामा सिल गरेको थियो। ती शाखामा कार्यरत करिब दुई सय कर्मचारीले आफ्नो व्यवस्थापनको माग गरेका थिए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *