आउँदो वर्षबाट महिलाहरूलाई प्रहरीमा भर्ती नगर्ने
२०७४ जेठ १५ गते

“एजेन्सी, भदौ १९ । थाईल्यान्ड प्रहरीको प्रतिष्ठित तालिम केन्द्रले आउँदो वर्षबाट महिलाहरूलाई भर्ती नगर्ने घोषणा गरेको छ।
अधिकार समूहहरूले यो निर्णयको आलोचना गरेका छन्। एक सय वर्ष पहिले स्थापना भएको द रोयल पुलिस क्याडेट अक्याडमी ले एक दशकअघि मात्र महिलाको आवेदन लिन थालेको थियो।
तर अहिने कुनै कारण नखुलाई त्यो निर्णय उल्टाइएको छ।केही समयअघि थाई प्रहरी बलले महिलाहरू प्रायस् घरायसी काममा अतिव्यस्त हुनु परेको दाबी भन्दै उनीहरू अनुसन्धानकर्ता बन्ने ढोका बन्द गरिदिएको थियो।
अधिकार समूहहरूले प्रहरी प्रतिष्ठानको निर्णयले लैङ्गिक समानताको अवमूल्यन गरेको बताएका छन्।
बलात्कार र यौनदुव्र्यवहारजस्तै महिलाविरूद्धका निश्चित अपराधको अनुसन्धान त्यस निर्णयका कारण प्रभावित हुने उनीहरूको धारणा छ।बीबीसी“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








