१२ वर्षपछि मेसी बाहिरिए, फिफा वर्ष खेलाडीको शीर्ष तीनमा रोनाल्डो, मोड्रीच र सलाह

“एजेन्सी, भदौ १९ । अर्जेन्टिनाको राष्ट्रिय टोली एवं युरोपको महारथी बार्सिलोनाका कप्तान लिओनेल मेसी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका छन् ।

सन् २००६ देखि लगातार शीर्ष ३ स्थानमा पर्दै आएका अर्जेन्टिनी फरवार्ड यसपटक भने सो सुचिमा अटाउन सकेनन् । उनी १० खेलाडीको प्रारम्भिक सुचिमा भने रहेरका थिए ।

यस वर्षको अवार्डका लागि शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् ।

फिफाको द बेस्ट अवार्ड विश्व फुटबलका सबै देशका प्रशिक्षक, कप्तान र आधिकारिक पत्रकारको भोटको आधारमा प्रदान गरिने प्रावधान छ ।

शीर्ष तीनमा परेका रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए ।

मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए ।

यहि आधारमा मेसीभन्दा बढी अंक जोड्दै तीन खेलाडी अन्तिम सुचिमा समावेश भएका हुन् । तर मेसी भने अटाएनन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *