डाक्टरको आन्दोलनमा मनोज गजुरेलको किन आपत्ति ?

“
काठमाडौं, भाद्र १८ । चिकित्सा शिक्षा विधेयकले डाक्टरहरुलाई कमजोर बनाएपछि यतिबेला देशभरका शिक्षकहरु सडकमा उत्रिएका छन् । सेतो एप्रोन लगाएर माइतिघर मण्डला अघिल्तिर नारा जुलुस लगाउने डाक्टरहरुलाई हास्य कलाकार मनोज गजुरेलले उछितो काढेका छन् ।
सामाजिक सञ्जाल फेसवुकमा कलाकार गजुरेलले मुलुकी ऐन हामीसँग पनि छ भन्दै स्टाटस लेखेपछि गजुरेलको समर्थनमा लेख्नेहरुको लर्को लागेको छ ।
गजुरेलले विरामीलाई अलपत्र छाडेर आन्दोलनमा आउन चिकित्सा शाष्त्रको धर्मले दिन्छ र ? भन्दै चिकित्सकहरुलाई प्रश्न गरेका छन् ।
गजुरेलको पोष्टमा कमेन्ट गर्दै राकेश श्रेष्ठले घाँटीको अप्रेसन गर्नु पर्नेमा पाठेघर निकाल्ने डाक्टरलाई पनि कुनै कारवाही हुनु भएन देखिएको बताएका छन् । ‘लापरवाही डाक्टरहरु प्रति मात्र अहिलेको कानून कडा रुपमा प्रस्तुत हुँदा अन्य ईमानदार डाक्टरहरुलाई किन डर लाग्या हो ? के नेपाली डाक्टरहरुलाइ आफ्नो पेशा र शिक्षा प्रति विश्वास छैन र ?’ भन्दै प्रश्न गरेका छन् ।
यसैगरी सन्तोष पनेरुले जेनयुन सरोकारमा ऐक्यबद्धता जनाएका छन् । भने, आन्दोलनको स्सवरुप परिवर्तन गर्न भनेका छन् । ‘अत्यावस्यकीय स्वास्थ सेवा क्षेत्रमा आन्दोलन गर्ने मेडिकल एशाेशिएसन र चिकित्सकहरुले आन्दोलनको स्वरुप परिवर्तन गरुन ।’ भनेका छन् ।
“








