बाजेको सेकुवाको शिलबन्दी खुल्यो, सबै शाखा सञ्चालनमा

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ १८ । काठमाडौँमा रहेका बाजेको सेकुवाको दशवटै शाखा सञ्चालनमा आएको छ । भदौ १३ गते सर्वोच्चले सञ्चालन गर्न अन्तरिम् आदेश दिएपछि सोमबारबाट बाजेको सेकुवाका सबै शाखा सञ्चालनमा आएका हुन् ।
सञ्चालक चेतनाथ भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि बन्द भएको बाजेको सेकुवा झण्डै साँढे दुई महिनापछि खुलेको हो ।
सुनकाण्डको छानविन गर्न गठित समितिले गत जेठ ३० गते बाजेको सेकुवाका सबै शाखामा शिलबन्दी गरेको थियो।
त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए ।
त्यसविरुद्ध निकिता भण्डारीले सर्वोच्चमा रिट हालेकी थिइन्। सञ्चालक भण्डारी सुनकाण्डमा मुछिएपनि व्यवसाय बन्द हुँदा अन्य शेयरधनी र कर्मचारीमाथि अन्याय भएको भन्दै बाजेको सेकुवा खोल्न माग गरिएको थियो।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित