विजयपुर अस्पताल र ग्लोबल आइएमई बैंक बिच सम्झौतापत्रमा हस्ताक्षर

धरान,सुनसरी भाद्र १८। विजयपुर अस्पताल र ग्लोबल आइएमई बैंक धरान शाखा बिच आइतवार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुई पक्षीय सम्झौता गरेको हो । सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंक धरान शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समय देखि विभिन्न संस्थासँग समन्वय गरी विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ ।
सोही अनुसार विजयपुर अस्पताल संग समेत सम्झौता गरेको हो ।

अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।

बैंकले संघिय प्रणाली अनुसार सबै क्षेत्र सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउन हाल सम्म १ सय ३१ शाखा, १ सय ३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १ सय शाखा रहित बैंकिङ्ग सेवा बिस्तार गरेको जनाएको छ ।

साथै देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त ९ लाख भन्दा बढि ग्राहकहरु लाई सेवा प्रदान गर्दै आएको बंैकले जनाएको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट समेत रेमिट्यान्स सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *