प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुट्दै

“काठमाडौं, साउन १२ ।  प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् ।

प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेको खबर आजको नेपाल समाचार पत्रमा छ ।

प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय काठमाडौं आएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =