एक सन्देशः शैक्षिक अभियान्ता सञ्जेलले गरे ३०० मा विवाह ! (भिडियोसहित)

काठमाडौँ, भदौ १८ । शिक्षा अभियन्ता उत्तम सञ्जेलले ३०० रुपैयाँमा आफ्नो विवाह सम्पन्न गरेका छन् ।  ४१ वर्षका सञ्जेलले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले ३०० रुपियाँको लागतमा आफ्नो विवाह सम्पन्न गरेका गरेका हुन् ।

सामाजिक अभियन्ता समेत रहेका सञ्जेलले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान विवाह गरेका हुन् । अहिलेको समय र माहोल हेर्ने हो भने सायद उनै पहिलो व्यक्ति हुन् जसले ३०० रुपैयाँमा आफ्नो विवाह सम्पन्न गरे ।

३०० रुपैयाँ खर्चको भागवन्डा लगाउने हो भने, सिन्दुरको मूल्य २५, पोतेको ७५ र मालाको २०० । उनीहरुको पहिरन पनि सामान्य नै थियो ।

मासिक शुल्क १०० मा नर्सरीदेखि नर्ससम्म पढाउने समता स्कुल सञ्चालन गरेर चर्चा बटुलिरहेका शैक्षिक अभियान्ता सञ्जेलको विवाहमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल लगायतका कलाकारहरुले उपस्थिति जनाएका थिए ।

उनले नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान समेत सञ्चालन गरिरहेका उनले विवाहमा परिवारलाई समेत सामेल गराएका थिएनन् लेनदेन बढी हुने कारणले।

सञ्जेलकी दुलही कला अधिकारी हुन्। समता अस्पतालमा स्वास्थ्य सहायक पदमा काम गरिरहेकी कला र सञ्जेल केही समययता प्रेम सम्बन्धमा थिए। चार महिनाअघि एक अर्कामा चिनजान भएको सञ्जेल बताउँछन्। बिहेमा एक किलो लड्डु महजोडीले किनिदिएका थिए ।

भिडियोः गजुरियल डटकमबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =