‘प्रश्नोत्तर’ सेसन: शैक्षिक ऋण कहिले पाइन्छ ? शिक्षामन्त्री भन्छन्, यसै वर्ष

काठमाडौँ, भदौ १८ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसै आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यविधि तयार पारेर प्रक्रिया अगाडी बढाउने दावी गरेका छन् ।

प्रतिनिधिसभामा आजबाट शुरु भएको प्रश्नोत्तर कार्यक्रममा जनतासँग सरोकार राख्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रीहरुले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेरले आर्थिक वर्षबाट सहुलियत दरमा ऋण दिन सुरु गरिने बताएका हुन् ।

प्रतिनिधिसभाको ‘प्रश्नोत्तर’ सेसनमा सांसदहरुले विपन्न समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च, प्राविधिक तथा व्यवसायिक अध्ययनका लागि शहुलियत ब्याजदरमा अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने भनिएको विषयको कार्यान्वयन कहाँ पुग्यो र यसको आवश्यक प्रबन्ध शिक्षा मन्त्रालयले कहिले सम्म मिलाउँछ भन्ने प्रश्न गरेका थिए ।

सोही प्रश्नको प्रतिउत्तरमा मन्त्री पोखरेलले शिक्षा मन्त्रालयले कार्यविधि तयार गरेको र अर्थमन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने जानकारी दिएका हुन् ।

‘निब्र्याजी र सहुलियत ऋण प्रदान गर्ने कार्यविधि तयार भइसकेको छ। प्रमाणपत्र धितो राखेर रोजगारीसँग यसलाई अन्तरसम्बन्ध गराउने छ,’ उनले भने,‘ अर्थमन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने छ। यो पहिलो चौमासिकमा यसलाई अन्तिम रूप दिन चाहान्छौं।’

बैंकहरुलाई समन्वय गर्न यसलाई अर्थमन्त्रालयले नेतृत्व गर्नुपर्ने भन्दै उनले यो आर्थिक वर्षमा कार्यान्वयनमा गएको विश्वास दिलाउने बताए ।

मन्त्री पोखरेलको जवाफप्रति सांसदहरूले सरकारले कैयौँ निर्णय गर्ने तर कार्यान्वयन नहुने भन्दै यस कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =