बिहान निधन भएका नेकपाका युवा नेता दिपेशको अन्तिम संस्कार आजै


“
धरान, भाद्र १७ । ब्लड क्यान्सरका कारण निधन भएका नेवाः ल्याय्म्ह पुचः धरान सुनसरीका अध्यक्ष तथा तत्कालीन एकीकृत नेकपा माओवादीका सम्बद्ध वाई सी एलका सुनसरी जिल्ला उपाध्यक्ष दिपेश श्रेष्ठको आजै अन्तिम संस्कार गरिने भएको छ ।
आज बिहान साढे ३ बजे श्रेष्ठको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचारका क्रममा निधन भएको हो ।
२०४४ सालमा चैत्र १८ गते जन्मिएका श्रेष्ठको बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएको थियो ।
जातीय हित र अधिकारको पक्षका साथै नेवारी रीतिरीवाज, भाषा, साहित्य, कला, तथा चाड पर्वको सम्बद्र्धन र प्रवद्र्धनका लागि उनी धरानमा सक्रिय रुपमा काम गर्दै आएका थिए ।
धरान–५, देउराली निवासी दिपेशको २ वर्ष अघि मात्र विवाह भएको थियो । उनको परिवारमा श्रीमति र डेड वर्षका छोरा छन् ।
उनी विगत १३ वर्षदेखि क्यान्सर रोगका पीडित थिए भने उनलाई ७ वर्षअघि मात्र आफू क्यान्सर पीडित भएको थाहा भएको थियो । उनको स्वास्थ्यमा जटिल समस्या आउन थालेपछि उनको उपचारका लागि परिवारले रकम जुटाउन थालेको थियो ।
पार्टीका नगर सहसंयोजक समेत रहेका उनको आज दिउसो १२ बजे धरान ५ माथिल्लो देउरालीबाट शवयात्रा हुने नेकपा धरानका संयोजक फोक्वाहाङ सुब्बा चोत्लुङ्गले जानकारी दिए ।
“
