कांग्रेसको कार्य समिति दोब्बरले बढ्ने

“काठमाडौँ, भदौ १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको संख्या झन्डै दोब्बरले बढ्ने भएको छ । विधान संशोधन मस्यौदा समितिले १ सय ५० जनासम्मको कार्यसमिति बनाउने गरी विधान संशोधन गर्न सैद्धान्तिक सहमति जुटाएको छ ।

‘केन्द्रीय कार्यसमिति पूर्ण रूपमा समावेशी बनाउनुपर्ने बाध्यताले अहिलेभन्दा झन्डै दोब्बर हुने अवस्था रहेको एक सदस्यले बताए । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको गठित समितिले १ सय २५ देखि १ सय ५० सदस्यीय हुन सक्ने गरी काम गरिरहेको उनको भनाई छ ।

अहिले ८० सदस्यीय कार्यसमिति छ । पदाधिकारी संख्या बढाउनेरनबढाउनेबारे मस्यौदा समिति सदस्यहरूबीच नै फरक धारणा छ । कतिपयले बढाउनुपर्ने ‘लबिइङ’ थालेका छन् भने कतिले भइरहेकै पदाधिकारीले काम नपाइरहेकाले बढाउनुको औचित्य नहुने अडान राखेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा कार्यसमितिसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने पक्षमा छन् । तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई व्यवस्थापन गर्नकै लागि भए पनि उनले पद बढाउन जोड दिएका हुन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *