जहरसिंङ पौवामा बस दुर्घटना ६ जना घाइते
२०७४ जेठ १५ गते

“सिन्धुपाल्चोक, भदौ १८ । काठमाडौंको जहरसिंङ पौवामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको तिपेनिबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८१४ नंम्बरको आमा ह्योल्मो यातायातको आइतबार बेलुका दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा सागर श्रेष्ठ, अनु थापा, तारा थापा, सन्खा गोले, दिल बहादुर राई र राजन राउत रहेको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सागर श्रेष्ठ र दिल बहादुर राई गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको सुष्मा कोइराला मेमारियल अस्पताल, साँखु र विर अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए। बस चालक र सहचालक भने फरार भएका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








