‘किन किरात प्रदेश’ सार्वजनिक

“काठमाडाैं, भदाै १८ । पूर्वका १४ जिल्लालार्इ समेटेर किरात स्वायत्त राज्य माग गर्न किन किरात प्रदेश नामक पुस्तक सार्वजनिक गरिएकाे छ । आइतबार राजधानीमा किरात राई विद्यार्थी संघको २०औँ स्थापना दिवसका अवसरमा सञ्चारकर्मी जनकऋषि रार्इद्वारा सम्पादित पुस्तक किन किरात प्रदेश सार्वजनिक गरिएको हो ।

किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई, विद्यार्थी संघका अध्यक्ष बिर्सिका राईलगायतले पुस्तक सार्वजनिक गरे । पुस्तकमा किरात प्रदेशका विषयमा वहस, अनुसन्धान गर्ने विभिन्न लेखकहरूकाे लेख समेटिएकाे छ ।

पुस्तकमा काजीमान कन्दङ्वा, दुर्गाहाङ याक्खा राई, हेन्कुबुङ चाम्लिङ, र भक्तराज कन्दङ्वा,जनकऋषि राई, गोपाल किराती, सुनिता किराती, प्रकाश लिम्बूको, अर्जुन जम्नेली, शालिक शातासक र राजेन खिम्बुका लेखहरू समेटिएका छन् भने, किरात राष्ट्रिय मुक्ति मोर्चाले सार्वजनिक गरेको ‘नेपालका किराती जातीहरु र किरात प्रदेश राजनैतिक दस्तावेज–२०६०’ र लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, जातीय स्वायत्तता र आत्मनिर्णयको सवाल राजनैतिक दस्तावेज–२०६०’ समेटिएकाे पुस्तकका सम्पादक जनकऋषि रार्इले बताए ।

पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा वक्ताहरूले किरात स्वायत्त राज्य स्थापनामा पुस्तकले जनमत सृजना गर्न सहयाेग पुर्रयाउने बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *