इंग्ल्यान्डसामु भारत निरीह, एक खेल अगावै बुुझायो सिरिज


“एजेन्सी, भदौ १८ । घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै जितेको छ।आइतबार चौथो टेष्टमा भारतलाई ६० रनले हराउँदै इंग्ल्यान्डले सिरिज आफ्नो बनाएको हो ।
साउथह्याम्पटनमा घरेलु टोलीले दिएको २४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत आइतबार अलआउट हुँदै १८४ रनमा समेटिएको थियो। जवाफी ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहली र अजिन्का रहाणेले अर्धसतीय पारी खेले पनि टोलीला हारबाट जोगाउन सकेनन्। भारतका लागि कोहलीले ५८ र राहणेले ५१ रन जोडेका थिए।
रविचन्द्र आश्विनले २५ ऋषभ पन्तले १८ तथा शिखर धवनले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रकनको स्कोर छुन सकेनन्।इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिँदा बेन स्ट्रोक्स र जेम्स एन्डरसनले समान २-२ विकेट लिएका थिए।
यसअघि पहिलो इनिङसमा २६४ रन बनाएको इंल्याण्डले दोस्रो इनिङसमा २७१ रन जोडेका थियो।इंग्ल्यान्डको लागि जोस बट्लरले ६९ रनको अर्धशतकीय पारी खेल्दा कप्तान जोए रुटले ४८ रन तथा स्यामुएल कुरनले ४६ रन बनाएका थिए। भारतका मोहमद शामीले ४ विकेट हात लिएका थिए।
यसअघि भारतले पहिलो इनिङ्समा २७३ रन बनाएको थियो भने दोस्रो इनिङ्समा १८४ रनमै अलआउट भयो। यो जितसँगै इंग्ल्यान्डले भारतविरूद्धको सिरिज एक खेल बाँकी रहँदै ३–१ ले जितेको हो। अब दुई टोलीबीचको अन्तिम तथा पाँचौ टेष्ट शनिबार सुरू हुनेछ ।”
