गौरापर्वमा ओली र देउवाको शुुभकामना

“काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् ।

गौरापर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गरे ।

विशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप बलियो बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनिएको छ, “नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज, र संस्कारले विविधताबीच नै एकता, आपसीसम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

यस्तै नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्षमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले विज्ञप्तिमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना दिएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =