वाट्फोर्डले एक गोल दिएपनि हार्यो टोटनह्याम


“एजेन्सी, भदौ १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामको विजयी यात्रा टुंगिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामलाई वाट्फोर्डले २–१ ले रहाएको हो ।
वाट्फोर्डले यो सिजन लिगमा लगातार चौथो जित दर्ता गरेको हो । वाट्फोर्डले यसअघिको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडलाई हराएको टोटनह्यामलाई पनि हरायो ।
घरेलु मैदानमा भएको खेलमा आफ्ना लागि दुई गोल गरेका टोटनह्यामका लागि एक गोल वाट्फोर्डकै खेलाडीले गरे । पहिलो हाफमा गोल हुन सकेन । ५३ औँ मिनेटमा वाट्फोर्डका एब्डुलायी डोकोउरले आत्मघाती गोल गरेपछि टोटनह्यामले सुरुवाति अग्रता लियो ।
तर त्यसपछि वाट्फोर्डले दुई गोल गर्यो । ६९ औँ मिनेटमा ट्रोय डिनीले बराबरी गोल गरे। । ७६ औँ मिनेटमा क्रेग क्याथकार्टले गोल गरेपछि वाट्फोर्ड विजयी भयो ।
लगातार तीन खेल जितेको टोटनह्याम पराजित भयो । लगातार चार खेल जितेको वाट्फोर्ड १२ अंकसहित तेस्रो स्थानमा छ । ९ अंकसहित टोटनह्याम पाँचौँ स्थानमा रहेको छ ।”
