कमाउने छोराको दुवै मृगौला फेल भएपछि सहयोगको अपिल

धरान, भाद्र १७ । छ महिना अघि मात्र टाउको दुखेपछि उपचार गराउन धरान झरेका भोजपुर नगरपालिका वडा नं. १३ बोया निवासी लिलाबहादुर श्रेष्ठले छोराको दुवै मृगौला फेल भएपछि उनी छोराको उपचारका लागि भौतारिरहेका छन् ।

नेपाल टेलिकम भोजपुरमा कार्यरत छोरा छोरा ज्ञानबहादुर श्रेष्ठको दुबै मृगौला खराब भएर थला परेपछि अहिले उनलाई छोराको उपचार कसरी गराउने भन्ने चिन्ताले पिरोलिएको छ ।
हाल उनका छोरा २९ वर्षका भए । छोराको कमाइबाट नै उनको परिवार चलिरहेको भन्दै उनले भने, ‘छोरा थलिएपछि परिवार कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’ ७० वर्षिय बुवा लिलाबहादुर श्रेष्ठ थप्छन्, । ‘गर्न सकुन्जेल मात्रै जागिर थियो, बिरामी भएको भोलिपल्टदेखि नै जागिर गयो उनले थपे ।’

१२ वर्ष टेलिकममा ज्यालादारीमा काम गरेका ज्ञानबहादुरको अहिले जागिर समेत छैन । उनको दुवै मृगौलामा समस्या देखिएपछि उनलाई टेलिकमले कामबाट नै निकालिदिएको थियो ।

उनले आफना छोरालाई लिएर विराटनगरका विभिन्न अस्पतालमा उपचार गर्न पुगे तर उनका दुवै मृगौला खराब भएको भन्दै अस्पतालले तुरुन्त मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन ।

‘छोराको मृगौला प्रत्यारोपण गर्न ढिलो भयो डाक्टरले छिटो गर भन्छन, आफुसँग पैसा छैन’ श्रेष्ठले भने । श्रेष्ठकै विषयमा आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनकै क्रममा उनले छोराको उपचारका लागि सहयोग गर्न अपिल समेत गरेका छन् ।

हाल श्रेष्ठले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन् । श्रेष्ठको उपचारका लागि सहयोग गर्न मोबाइल नं. ९८६००२२२२ मा सम्पर्क गर्न समेत परिवारको अपिल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =