काठमाडौँका यी मुख्य स्थानमा अब फ्रि वाईफाई, यसरी गर्नुस् कनेक्ट


“
काठमाडौँ, भदौ १७ । काठमाडौँको धार्मिक तथा पर्यटकिय क्षेत्रमा फ्रि वाईफाई सेवाको सुचारु गरिएको छ ।
वल्र्ड लिंकको साझेदारीमा काठमाडौं महानगरपालिकाले आईतबारदेखि यी छ स्थानः हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सुरु गरेको हो ।
सेवामा सबैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ। ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्ने छ।
सो सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौँको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याइएको बताए ।
उनले काठमाडौँलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धी अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
सो सेवालाई शुभारम्भ गर्न काठमाडौँ महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते नै सम्झदारी भएको थियो । यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औंपचारिक उद्घाटन गरिएको पनि मेयर शाक्यले जानकारी दिए ।
सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । वल्र्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो । यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।
सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि फ्री वाइफाइ कनेक्ट गर्नुपर्छ। कनेक्ट भएपछि एउटा पेज खुल्छ। पेजमा प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नु पर्छ।
यसरी विवरण भरिसकेपछि सिस्टमले मोबाइलमा एउटा कोड पठाउँछ। त्यो कोड भरिसकेपछि वाइफाइ चलाउन सकिन्छ।
“
