संविधान दिवस उत्सवको दिन हो– प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस सबैको उत्सवको दिन रहेको बताएका छन् । गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवस सबैको उत्सवको दिन रहको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो,’ प्रधानमन्त्री ओलीले भने, ‘ यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’

संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले संविधान दिवसलाई जनताको दिवसका अवसरमा मनाउनु पर्ने उनको भनाइ थियो ।

साथै प्रधानमन्त्री ओलीले संविधान दिवशलाई सरकारी कार्यक्रम जस्तो मात्र नबनाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =