स्कोप स्टुडेन्ट सर्भिसमा अष्ट्रेलियाकै उत्कृष्ट कलेजको स्पोट असिस्टमेन्ट हुँदै

“
काठमाडौं भाद्र १६ । नयाँ बानेश्वर स्थित स्कोप स्टुडेन्ट सर्भिसले आउँदो सेप्टेम्बर ३ (सोमबार) उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै Spot Assessment कार्यक्रमको आयोजना गर्दैछ ।
लामो समयदेखि Abroad Study मा जाने विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आएको स्कोप स्टुडेन्ट सर्भिस (यूरो अमेरिकन) ले अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय Chisholm Institute को सहकार्यमा Spot Assessment कार्यक्रम राखेको हो ।
अष्ट्रेलियाको प्रतिष्ठित Chisholm Institute मा गएर उच्च शिक्षा हासिल गर्ने सोच राखेका विद्यार्थीको शैक्षिक, आर्थिक डकुमेन्ट हेरेर उनीहरु अष्ट्रेलिया जान योग्य छन्, छैनन सहि परामर्श दिइने स्कोप स्टुडेन्ट सर्भिसका म्यानेजिङ डाइरेक्टर विक्रम केसीले बताए ।
‘पछिल्लो समय धेरै नेपाली विद्यार्थीमा अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्ने सोच देखिएको छ । त्यस्ता विद्यार्थीलाई अष्ट्रेलियाकै प्रतिष्ठित कलेज Chisholm Institute का रिजिनल मेनेजरबाट प्रत्यक्ष शैक्षिक परामर्श दिने हेतूले यो कार्यक्रम राखिएको हो ।’ उनले भने ।
केसीले Chisholm Institute मा एक दर्जन बढि विषयमा विद्यार्थीले अध्ययन गर्न सक्ने र यो कलेज अष्ट्रेलियाको शैक्षिक क्षेत्रमा अत्यन्त प्रतिष्ठित कलेजका रुपमा रहेको दावि गर्दै भने–‘Chisholm मा अन्डर ग्राजुएट कार्यक्रम भएकोले जि.पि.ए.को आधारमा ६० प्रतिशत आएका विद्यार्थीहरु IELTS मा ६ र इन्डिभ्यूजल बेण्डमा ५.५ भन्दा कम नआएका विद्यार्थीहरु अध्ययनका लागि जान सक्छन् । केहि नेपाली विद्यार्थीले यहाँ उत्कृष्ट नतिजा ल्याइसकेका छन् ।’
विषयहरु
केसीका अनुसार Chisholm मा ६५ वटा कोर्षहरुमा अन्तराष्ट्रिय विद्यार्थीहरुले अध्ययन गर्न सक्छन् । यसका अष्ट्रेलियाका विभिन्न क्षेत्रमा १० वटा क्याम्पस छन् ।
‘वर्षमा ४० हजार विद्यार्थीलाई उच्च शिक्षा दिने Chisholm ले ब्याचलर तहमा इन्फरमेशन टेक्नोलोजी, ब्याचलर अफ एकाउन्टिङ्ग La Trobe university अफर गर्छ । ब्याचलर इन्जिनियरिङ्ग टेक्नोलोजी मेकानोटिक्समा, ब्याचलर अफ इन्जिनियरिङ्ग टेक्नोलोजी इन्डष्ट्रियल इन्जिनियरिङ्गमा पनि अफर गरेको छ ।’–Chisholm का नेपाल प्रतिनिधि केसीको भनाई छ । Chisholm मा ब्याचलर ग्राफिक डिजाईन, ब्याचलर कमेडी मेन्टल हेल्थ अल्कोहल एण्ड ड्रग्स समेत रहेको छ । यसमा विद्यार्थी डिप्लोमा लिडिङ्ग र डाइरेक्टली ब्याचलरमा जान सक्छन् ।
कलेज शुल्क
Chisholm मा जो डाइरेक्ट ब्याचलरमा जान चाहन्छ उसले वार्षिक १९,००० डलर, प्रति सेमेष्टर ९,५०० डलर तिरेर जान सक्छ । डिप्लोमा लिडिङ्ग टु ब्याचलरमा जाने विद्यार्थीले १४,२०० तिर्नुपर्छ भने, डाइरेक्ट ब्याचलरमा जाने विद्यार्थीले वार्षिक १९,००० डलर तिर्नुपर्छ ।
साधारणतः नर्सिङ्गमा जान नसक्ने अथवा त्यो वाहेक अन्य सम्बन्धित विषयमा जाँदा राम्रो हुन्थ्यो भन्ने विद्यार्थीको लागि यो विषय उपयोगी हुन्छ ।
विश्वकै उत्कृष्ट १०० विश्वविद्यालयमा
Chisholm Institute Deakin University र La Trobe university सँग आबद्ध छ । यी विश्वविद्यालय अष्ट्रेलियाको टप टेन र विश्वका उत्कृष्ट सय विश्वविद्यालयमा पर्छन् । यस हिसावले पनि यसको डिग्री विश्वमा मानिन्छ । त्यस बाहेक विद्यार्थीले थोरै शुल्कमा विश्वकै उत्कृष्ट विश्वविद्यालयको डिग्री पाउने भएकोले अष्ट्रेलिया जाने सोच बनाएका विद्यार्थीले एक पटक यस विषयमा विचार पुर्याउन आवश्यक छ ।
नेपाली विद्यार्थीको अवस्था
विद्यार्थी निशान खरेल जो नेपालबाट Chisholm मा अध्ययन गरिरहेका छन् । https://www.chisholm.edu.au/ बाट धेरै जानकारी लिन सकिन्छ) उनले गतवर्ष करिब ९ हजार विद्यार्थीबाट ‘इन्टरनेशनल स्टुडेण्ड अफ द इयर’ को उपाधि हासिल गर्न सफल भए ।
नेपालमा पढेका विद्यार्थीले यहाँ राम्ररी अध्ययन गर्न सक्छन् भनेर दावि गर्न सकिन्छ । कलेजको शुल्क कम हुने बित्तिकै विद्यार्थीलाई कम प्रेसर पर्छ र पढाई प्रति फोकस भएर राम्रो नतिजा निकाल्न सक्छ । विद्यार्थीले राम्रो नतिजा निकालेपछि टिचिङ्ग फ्याक्लटी र स्टाफहरुले पनि आशावादी भएर राम्रो व्यवहार गर्छन् ।
अवसरहरु
Chisholm बाट विद्यार्थीहरुले डिग्री हासिल गरिसकेपछि राम्रा अवसर प्राप्त गर्न सक्छन् । अष्ट्रेलियन सरकारले ब्याचलर अफ मास्टर गर्ने विद्यार्थीलाई पोष्ट स्टडी वर्क (PSW) सुविधा दिन्छ । जहाँ विद्यार्थीले अध्ययन गर्दागर्दै २ वर्षको वर्क परमिट पाउँछन् । आफ्नो क्षमता अनुसार काम गर्दै आफुलाई योग्य बनाउन सक्छन् । २ वर्ष सम्म त्यहाँबाट प्राप्त गरेको ज्ञान र सिपले उसलाई अन्तराष्ट्रिय एक्सपोज मिल्छ, साथमा स्वदेश आएपछि आत्मनिर्भर हुन सहयोग पुग्छ ।
पूर्वाधार युक्त कलेज
Chisholm मा एउटा विद्यार्थीलाई आवश्यक पर्ने हरेक पूर्वाधारहरु छन् । यहाँ विद्यार्थीले अध्ययनसँगै आफुमा रहेको ट्यालेन्टलाई समेत एक्सपोज गर्न सक्छन् । ‘कतिपय भेट कलेज (प्राविधिक कलेज) हरु नाम मात्रका हुन्छन् । सामान्य कोठामा शैक्षिक पूर्वाधार विना सञ्चालन भएका यस्ता कलेजले विद्यार्थीलाई सहि ज्ञान र शिक्षा दिन सक्दैन ।’ केसी अगाडी थप्छन्–‘विदेश जानुअघि कलेजको शैक्षिक स्तर, भौतिक पूर्वाधार, विगतको रिजल्ट, कलेजको शुल्क लगायतका बारेमा विद्यार्थीले प्रसस्त जानकारी हासिल गर्नुपर्छ ।’
काउन्सलरले आफुलाई बढी फाईदा हुन्छ भनेर आफ्नो काम र कर्तब्य विर्सेर कुनै इन्ष्टिच्यूटको एडमिशन काउन्सेलिङ मात्र गर्न थाल्यो भने, विद्यार्थीको भविष्य विग्रन समय लाग्दैन
स्कलरसिप र डिस्काउन्ट
Chisholm Institute पूर्णरुपले सरकारी कलेज हो । यसमा कुनैपनी निजी क्षेत्रको सहभागिता छैन । स्कलरशिप प्रायः स्थानीय विद्यार्थीलाई अफर गरिएको भएपनि केही स्कलरशिप विदेशी विद्यार्थीको लागि छ । सेमेष्टर अनुसार आन्तरिक प्रतिष्पर्धाबाट राम्रा विद्यार्थीलाई स्कलरशिप दिइएको छ ।
स्कलरशिपको कुरा गर्दा फण्ड र डिस्काउन्ट मुख्य दुई कुरा हुन्छ । तपाईले ५,००० बराबरको छुट पाउनुभयो, त्यो पैसा कतैबाट तिरीदियो भने त्यो स्कलरशिप भयो । तर, १३,००० शुल्क थियो जसमा ५,००० छुट पाउनुभयो अब ८,००० तिर्नुस् भनेर कसैले भन्छ भने, त्यो डिस्काउण्ड हो । विद्यार्थीले बुझनुपर्ने महत्वपूर्ण कूरा यही हो ।
Chisholm मा स्कलरशिप भन्दापनि शुल्क सर्वसुलभ छ । कहिले काँही कलेजले संसारका आफ्ना टायवन एजेन्टहरुलाई उसले टार्गेट पुरा गरेको अवस्थामा केहि विद्यार्थीलाई स्कलरशिपमा रिकमेन्ट गर्न पाउने व्यवस्था गर्छ । त्यसमा राम्रो स्कलरसिप हुन्छ । नेपालमा भएका टायवन एजेन्टहरुमा स्कोप स्टुडेन्ट सर्भिस र अर्को एउटा संस्थाले त्यो सुविधा पाएका थिए । स्कोप स्टुडेन्टबाट Chisholm मा लगभग दुई दर्जनको हाराहारीमा विद्यार्थी अध्ययनका लागि गइसकेका छन् ।
कलेजको सहि जानकारी लिउँ
विद्यार्थीले ABROAD STUDY जाने तयारी गर्दा उ परामर्शदाताले दिएको जानकारीमा मात्र भर पर्नु हुँदैन ।
आजकलको सूचना र प्रविधिले विद्यार्थीलाई मोवाईलबाटै सबै सूचना ग्रहण गर्न सक्ने सुविधा छ । अष्ट्रेलिया www.studyinaustralia.gov.au वेव साईटबाट धेरै सुचनाहरु लिन सकिन्छ । यस बाहेक आफु जान चाहेको कलेजमा के कार्यक्रम छ ? आफुले छानेको कार्यक्रम भित्र के–के युनिटहरु पढ्नुपर्छ ? कति क्रेडिटको छ ? कति ईलेक्टिभहरु छन् ? लगायत बुझ्नु पर्छ । त्यसैगरी कलेजको शुल्क पनि बुझ्न आवश्यक छ । कलेजले तोकेको शुल्क तिर्न सकिन्छ कि सकिन्न नबुझेको अवस्थामा पछि आर्थिक समस्या आइपर्छ । यी सबै कुराको सहि जानकारी लिन विद्यार्थीले मान्यता प्राप्त परामर्श छान्न आवश्यक छ ।
करियर काउन्सलरको काम
तपाईलाई काउन्सेलिङ गरिरहेको काउन्सलरले तपाईको रुचिभन्दा बाहिर र आवश्यक्ता भन्दा बाहिरको कुरा गरिरहेको छ भने उसले करियर काउन्सीलिङ हैन एडमिशन काउन्सीलिङ गरेको हुन्छ । ‘राम्रो करियर काउन्सलरले विद्यार्थीको क्षमता र योग्यता हेरेर भविष्यमा नेपाल फर्केर आउँदा उसलाई कुन फिल्ड बेटर हुन्छ ? छुट्याउन सक्नुपर्छ । हामी कहाँ भएका सबै काउन्सलरले करियर काउन्सेलिङ भन्दाबढि एड्मिसन काउन्सेलिङ गरिरहेका छन् ।’ लामो समयदेखि शिक्षण सेवा र करियर काउन्सेलिङमा आबद्ध केसीको तर्क छ ।
काउन्सलरले आफुलाई बढी फाईदा हुन्छ भनेर आफ्नो काम र कर्तब्य विर्सेर कुनै इन्ष्टिच्यूटको एडमिशन काउन्सेलिङ मात्र गर्न थाल्यो भने, विद्यार्थीको भविष्य विग्रन समय लाग्दैन भने, काउन्सलरहरुको हैसियत पनि एजेन्ट भन्दा माथि उठ्न सक्दैन । काउन्सलरले विद्यार्थीलाई कुनैपनि इन्ष्टिच्यूटका लागि अफर गरेर यो विषय ‘यो कलेजमा मात्र पढ’ भन्दै दवाव दिन मिल्दैन ।
“








