नेपाल भर्सेस सिंगापुर : नेपाललाई १५२ रनको लक्ष्य

२०७४ जेठ १५ गते

“काठमाडौँ, भदौ १७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए ।
निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए ।
त्यसपछि नेपाली बदरहरु हाबी भए ।
नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३(३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित