नेपाल भर्सेस सिंगापुर : टस हारेपछि फिल्डिङ गर्दै नेपाल

२०७४ जेठ १५ गते

“एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि दुुई हार र एक जित सहित छनोटको झिनो आशा बोकेको नेपाल आजको खेल जित्नै पर्ने दवावमा छ ।
तर यो खेल जिते पनि नेपालको छनोट हुने संभावना भने न्युुन छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको छ ।
पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको छ ।
यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ ।
नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । सबै खेलमा नेपाल विजयी भएको छ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित