लिभरपुल र चेल्सीको अपराजित यात्रा कायम


“एजेन्सी, भदौ १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले लगातार विजयी यात्रा कायम राखेका छन् । लिग अन्तर्गत शनिबार राति भएका खेलमा लिभरपुल र चेल्सी दुवैले जित निकालेका हुन् ।
लिभरपुलले लेस्टर सिटीलार्य २–१ ले र चेल्सीले बोर्नमाउथलाई २–० ले हरायो । लिभरपुलका लागि साडिओ माने र राबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका लागि राकिड गेजलले गोल गरे । १० औँ मिनेटमा मानेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो ।
४५ औँ मिनेटमा फिरमिनोले गोल गरेपछि पहिलो हाफमा अग्रता दोब्बर भयो । ६३ औँ मिनेटमा गेजलले लेस्टरका लागि एक गोल फर्काए । जितपटि शीर्ष स्थानको लिभरपुलको ४ खेलबाट १२ अंक भएको छ ।
शनिबार राति नै भएको खेलमा चेल्सीले बोर्नमाउथलाई २–० ले हरायो । चेल्सीलाई लिगमा लगातार चौथो जित दिलाउने क्रममा पेड्रो र इडन हजार्डले गोल गरे ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । ७२ औँ मिनेटमा पेड्रो तथा ८५ औँ मिनेटमा हजार्डले गोल गर्दै जित दिलाएका हुनन् । चार खेलबाट १२ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ ।”
