आइतबार थप बढ्यो डलरको मूूल्य

काठमाडौँ, भदौ १७ । केहीदिन देखि रेकर्ड कायम गरेको डलरको भाउले आइतबार नयाँ रेकर्ड बनाएको छ । आइतबार एक डलर किन्नका लागि झण्डै ११४ रुपैयाँ खर्चनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय १३ रुपैयाँ ८९ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३१ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ८८ पैसा र बिक्रिदर ८२ रुपैयाँ ३१ पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३ सय ७६रुपैयाँ २५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सबै हेर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *