अध्यक्ष गान्धी धार्मिक यात्रामा ल्हासातिर

काठमाडौँ, भाद्र १६ । भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गरेका छन् ।

धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौँ आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा गएका स्रोतले जानकारी दिएको छ ।

काठमाडौँमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडौँ आइपुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =