निजी क्षेत्रका सञ्चारमाध्यमप्रति विभेद गरिएको भन्दै पत्रकार महासंघको आपत्ति

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ११ । राष्ट्रपति भवनमा केही समयदेखि सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति विभेद गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
राष्ट्रपति कार्यालयले निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
केही दिनअघि प्रधानन्यायाधीशको शपथ कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई प्रवेश दिइए पनि स्वतन्त्र सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
आज हुने मन्त्रिपरिषदका सदस्यको शपथमा पनि निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश नदिने जानकारी गराइएपछि महासंघले विज्ञप्ति निकालेरै ध्यानाकर्षण गराएको हो ।
महासंघको ध्यानाकर्षणलगत्तै राष्ट्रपति कार्यालयले सपथ समारोहको खबर संकलनका लागि आउन निजी सञ्चारमाध्यमलाई खबर गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित