गुण्डा नाइके दावा लामा भारतबाट पक्राउ

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भाद्र १६ । गुन्डा नाइके दावा लामा नामले चिनिने जितेन्द्र तामाङ दिल्लीबाट पक्राउ परेका छन्।
दिल्लीबाट घुमफिर गरेर फर्कने क्रममा उनलाई भारतका प्रहरीले इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ परेका हुन् ।
उनलाई अध्यामगनका कर्मचारीले सोधपुछका लागि भनी लगेका थिए । नेपालमा समेत लामा पटक पटक विभिन्न अपराधमा जेल जाने गरेका थिए ।
दावा लामा कुनै बेला गणेश लामाको सहयोगी थिए पछिल्लो समय आफ्नै ग्याङ खडा गरेका थिए । काभ्रेली समूहका नाममा उनले अपहरण, जबरजस्ती चन्दा असुली लागू औषधदेखि ज्यान मार्ने उद्योगसमेत गर्ने गरेको प्रहरी स्रोतको दावी छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित