सातौँ विकेटको क्षतिमा नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य

काठमाडौँ, भदौ १६ । मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत नेपालले आयोजक मलेसियासँग खेलिरहेको छ । वर्षाका कारण खेल ३०–३० ओभरमा छुट्याइएको छ ।

वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । नेपालले ७ विकेटको क्षतिमा मलेसियालाई १८८ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए । पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिएपनि पानी परेपछि खेल ढिलो सुरु भएको हो ।

एसीसी एसिया कप छनोटमा सुरुका दुुई खेलमा पराजित भएको नेपाललाई आज आगामि महिना युुएईमा हुने एसियाकप खेल्ने आशा जिवितै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुुग्दैन, अरुको खेलमा पनि भरपर्छ ।

अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा रहेको नेपाललाई बाँकी सबै तीन खेल जित्नु पर्ने दबाब छ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो ।

नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *