घुस लिदालिदै कर्मचारी पक्राउ

बाजुरा , साउन ११ । घुस लिदै गर्दा जिल्ला मालपोत कार्यालय बाजुराका कर्मचारी पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख प्रहरी निरिक्षक जगदिश भट्टले बताए । घुस लिने मालपोत कार्यलय बाजुरामा अस्थायी करारमा कार्यरत प्राविधिक कोपिल गिरी र घुस दिने हिमाली गाँउपालिका ६ बस्ने गोरख सार्की रहेका छन् । हलियाबाट उठाएको ८० हजार रकम मार्तडीमा रहेको पुजा होटलबाट घुस लिदै गर्दा दुवैलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

४० हजार मुक्त हलिया परिवारबाट हलिया पुर्नस्थापना वापतको रकम प्रत्येक परिवारबाट संकलन गरेको २ हजारका दरले ८० हजार दिदै गर्दा पक्राउ गरेका प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका गिरी, जिल्ला मालपोत कार्यलय बाजुराका प्रमुख हिरालाल गिरीका भतिजा रहेको प्रहरीले जनाएको छ । पहिला उनले हलिया परिवारबाट ५ हजारका दरले मागेका थिए । प्रत्येक परिवार एक हजारका दरले ४० हजार पहिला नै लिइसकेको र पछि ८० हजार लिन लागेको सार्कीले बताए ।

सरकारले घर पुनःनिर्माणका लागि प्रतिपरिवार १ लाख २५ हजारका दरले रकम दिने निणर्य गरेको थियो । घुस लिदै गर्दा पक्राउ परेका सार्कीले पटक–पटक मालपोत हाकिम हिरालाल गिरीले भेटेर र फोनमा पैसा उठाउन लगाएपछि यस्तो गरेको उनले प्रहरीकै सामुन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *