पूर्वयुवराजलाई राप्रपाको चासो

“काठमाडौँ, भदौ १६ ।  हिन्दु धर्म र राजसंस्थानिकट मानिने राप्रपा धारका दलहरूबीचको एकताबारे पूर्वयुवराज पारस शाहले चासो व्यक्त गरेका छन्। तीन धारमा विभाजित राप्रपालाई एकताका लागि एकताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दबाब दिँदै आइरहेका छन्।

राजनीतिबारे सार्वजनिक रूपमा कुनै टिप्पणी नगरेका पारसले राप्रपा धारका तीन दलका युवा नेतालाई बोलाएर पार्टी एकताबारे चासो राखेका हुन् ‘तपाईँहरूबीच एकता हुँदैछ भन्ने सुनेको थिएँ, त्यो कहाँ पुग्यो?’ पारसको भनाइ उद्धृत गर्दै भेटमा सहभागी राप्रपाका एक नेताले भने, ‘उहाँको चासो राप्रपाबीच छिटो एकता हुनुपर्छ भन्ने नै थियो।’

पूर्वयुवराज पारसले पार्टी एकताले राष्ट्रवादी शक्ति बलियो हुने र हिन्दु राजसंस्था स्थापनाका लागि थप बल पुग्ने धरणा राखेको ती नेताले बताए। पहिलोपटक राजनीतिक दलका नेतासँग सामूहिक छलफल गरेका उनले देशभर भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गरेको अन्नपूूर्ण पोष्टले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *